बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो । थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x