रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतको आदेश
काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो ।
अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन् । बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
यसअघि बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका कानुन व्यवसायीले रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका थिए ।
लामिछानेले अदालतमा बयान गर्दा आफू निर्दोष रहेको दाबी गरेका थिए । गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको र कम्पनीमा आफ्नो सेयर रहेको विषयलाई भने उनले स्वीकार गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE