सिंहदरबारभित्र खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगलागी भएको छ । सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको हो ।
प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीको कारण खुलेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ ।
शनिबार बिहान ९ बजेको समयमा मन्त्रालयको भवनमा आगलागी भएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE