आज घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज (बुधबार) सुन र चाँदीकै मूल्य घटेको हो ।
महासंघका अनुसार मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामै २ हजार ७०० घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE