आज कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली हुने

काठमाडौं । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागमा र बाँकी भू–भागको एक दुई ठाउँमा मेघगर्जन चट्टयाङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रि–मनसूनको समय भएकोले मौसम पूर्ण रूपमा सफा पनि नहुने र ठूलो पानी पर्ने सम्भावना पनि छैन । मौसममा हिजो अस्तिको तुलनामा आजदेखि क्रमिक सुधार हुदै जाने महाशाखाले जनाएको छ । भारतको आशाम, झारखण्डलगायत ठाउँबाट विकसित प्रणालीका कारण नेपालमा पानी पर्ने मौसमी प्रणाली सक्रिय भएको जल तथा मौसम पूर्वाअनुमान महाशाखाको भनाइ छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE