बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने शाही मृत फेला

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छिन् । शाहीलाई आइतबार दिउँसो उनको डेरा कोठा रहेको बालकोटमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जाजरकोट स्थायी घर भएकी शाहीले तत्कालीन सभामुख महराले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । सभामुख कायम रहेकै अवस्थामा प्रहरीले महरालाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x