बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि बिहीवार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिएका हुन् ।

उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताए । उनले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताए । सांसद चौधरीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘विदेशमा लगानी गर्नको लागि आफ्नो सिप, आफ्नो मेहेनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ । होटेलमा वर्षौंदेखि विद्युत महसुल बढि थियो । त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रुपमा लिएको छु । आइटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातारण समेत यस बजेटले बनाइदिएको छ ।’

बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x