बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कोशी प्रदेशमा मनसुनको प्रभाव,यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, कोशी प्रदेशका अधीकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

देशको उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x