बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजावादीले आज सिफलमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।

राजावादीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् ।

उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने उनीहरुले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x