शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

फ्रान्सका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच युक्रेन युद्धबारे टेलिफोन वार्ता

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलीफोन वार्ता भएको छ ।

राष्ट्रपति म्याक्रों र मोदीबीच युक्रेन युद्धलगायत समसामयिक विषयमा टेलिफोन वार्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जालमार्फत वार्ताबारे जानकारी दिँदै युक्रेनमा दीर्घकालीन शान्ति स्थापनाका लागि युक्रेन तथा युरोपको सुरक्षालाई प्राथमिकतामा राखी दुवै नेताबिच विचार विमर्श भएको उल्लेख गरेको जनाइएको छ ।

दुवै नेताले व्यापार, आर्थिक आदानप्रदान र रणनीतिक साझेदारीलाई अझै मजबुत बनाउने सहमति पनि व्यक्त गरेका सञ्चार माध्यमले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x