धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सुदन गुरुङमाथि आक्रोश, भृकुटीमण्डपमा जेनजी समूहको कुटाकुट

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितका माग तत्काल पूरा नगरेमा सरकार ढाल्ने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले शहीद परिवारको माग सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएका हुन ।
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको चेतवानी थियो । कार्यक्रममा आफूहरूको माग पूरा नभए यो सरकार ढाल्ने चेतावनी दिएका अभियन्ता सुदन गुरुङलले कार्यक्रममा उपस्थित पत्रकारहरूले जिज्ञासा राख्दा उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि भाँडभैलो भएको थियो ।
पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिएका थिए । सो क्रममा दुवै पक्षबीच कुटाकुट भएको समेत भएको थियो । दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो । भृकुटीमण्डप बाहिर पनि उनीहरुबीच कुटाकुट भएपछि प्रहरीलाई नै छुटाउन हम्मे–हम्मे परेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE