बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौं । जेन—जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

द्वय मन्त्रीहरुले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x