सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो चाँदी तोलाको ४ हजार २ सय ३५ रुपैयाँ रहेकोमा आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE