बुधबार, पुस २३, २०८२
Wednesday, January 7, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको हो।

बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ। मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x