मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रिइ कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरूमा मुख्य छलफल हुने बताइएको छ । बैठकमा वर्तमान राजनीतिक अवस्था, आगामी राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनको तयारी तथा पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकको एजेण्डामा केन्द्रित रहेर छलफल हुनेछ । पछिल्लो समय प्रमुख दलहरू नेपाली काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसकेन्द्रित दलहरूबीच राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि गठबन्धनको छलफल चलिरहेको सन्दर्भमा यो बैठकले एमालेको उम्मेदवार छनोटलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । बैठकले पार्टीको आन्तरिक संगठनात्मक तयारी र समसामयिक मुद्दाहरूमा महत्वपूर्ण निर्णय लिने सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x