सोमवार, पुस २८, २०८२
Monday, January 12, 2026

काठमाडौं सामान ढुवानी व्यवसायी संघको ११ औं बार्षिक साधारण सभा ढुवानी क्षेत्रका समस्या समाधान गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

काठमाडौ, काठमाडौं सामान ढुवानी व्यवसायी संघको ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ढुवानी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने बताएका हुन । मुख्यमन्त्री बानियाँले ढुवानी ऐन निर्माणमा पनि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले काठमाडौंमा ढुवानी व्यवसायीले भोग्दै आएका समस्याबारे जानकार रहेको भन्दै समाधानका लागि संघ सरकारसँग मिलेर काम गर्ने बताए ।
काठमाडौं ढुवानी व्यवसायी संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ट्रान्सपोर्ट नगर व्यवस्थापन नहुँदा अस्तब्यस्त तरिकाले काम गर्नुपरेको गुनासो गरे ।
एकीकृत ढुवानी ऐनको अभावमा बाटोमा अनावश्यक जाँच, जरिवाना, त्रासको वातावरण रहेको पनि अध्यक्ष श्रेष्ठले गुनासो गरे । कार्यक्रममा ढुवानी संघलाई सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मानित गरिएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x