मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

१६५ निर्वाचन क्षेत्रका लागि २ हजार ६ सय ५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र

काठमाडौं। अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए । उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्युन रहेको छ । उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए। उनले उम्मेदवारहरुको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए ।

उनले भने ‘कतिपय जिल्लामा अहिले पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ । हामीले केहीबेर अघिसम्मको तथ्यांक लिएर उपस्थित भएका छौँ । निर्वाचन असधकृतको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमध्ये पुरुषहरु २ हजार ३ सय ५२ जना रहनुभएको छ भने महिलाहरुको संख्या ३ सय ३ जना रहेको छ । यो संख्या केही बढ्नसक्ने छ । आज मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको सन्दर्भमा मनोनयन दर्ता गर्दा निरन्तर चलिरह्यो भने ८ पनि बज्न सक्ला । ८ बजेभित्रमा उम्मेदवारको प्रारम्भिक सूचि प्रकाशन गर्ने कार्यसूचि रहेको छ ।’

उनले बुधवार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूचि रहेको जानकारी दिएका छन्। ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x