आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

१२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा वृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने भएको छ । संघले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो । सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ । उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ । सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेका संघले जनाएको छ ।

सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरुलाई नेपासंग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष डा। बद्रि केसीले जानकारी दिए । उनले एकता महाधिवेशनले गैरआवसीय नेपालीहरुको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे । उनले नेपालबाहिर रहेका नेपालीहरुलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनकाअनुसार हाल बाहिर रहेका करिव ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोवास गरिरहेका छन् । विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाई छ ।

उनले भने , ‘आजको परिवर्तित नेपालमा नेपालको मूल्य र मान्यता पनि परिवर्तन भएका छन् । पहिला हामीले संविधानमा गैरआवासीय नेपालीहरुको अधिकार मागेका थियौँ भने अब ८० लाख नेपालीहरु मध्ये अधिकांश नेपालीहरु नेपाली नागरिकता नै राखेर विदेशमा बसेका छन् । अब परिवर्तित नेपालको निर्वाचनमा विदेशमा नै बसेर पनि नेपालको निर्वाचनमा भाग लिन पाउने कुराहरु हाम्रो नैसर्गिक अधिकार भित्र पर्छ । मलाई आशा छ, यो परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने हाम्रा अधिकारहरु सुनिश्चित हुन्छन् । अब देश अरु कसैले बनाउँदैन, संसारका सबै विकसित देश हेर्ने हो भने त्यो देशका आप्रवासीहरुले नै विदेशमा बसेको सीप र ज्ञानलाई आफ्नो देशमा भित्र्याएर, विदेशमा कमाएको पैसालाई आफ्नो देशमा भित्र्याएर देशलाई समृद्ध बनाउन सहयोग गरिरहेका छन् । अब पालो गैरआवसीय नेपाली संघको हो, अब पालो गैरआवासीय नेपालीहरुको हो । हामी विदेशमा कमाएको सीप, ज्ञान, प्रविधि, विदेशमा कमाएको पैसा नेपालमा भित्र्याउन तयार छोँ । नेपालमा लगानी गर्न तयार छौँ ।’

अध्यक्ष केसीले विश्वका विकसित देशहरू आप्रवासीको सहयोगले नै समृद्ध भएको बताए । उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पूँजी स्वदेशमा भित्र्याएर देश विकासमा गैरआवासीय नेपालीले महत्वपूर्ण योगदान गर्ने दाबी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x