पहाडी र हिमाली क्षेत्रमा मौसम सफा,तराईमा हुस्सु र तुवाँलो
काठमाडौं । आज पनि तराई भू–भागका केही ठाउँमा हुस्सु र तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मुख्यतया मौसम सफा रहने अनुमान छ । आज राति तराईमा हुस्सु कायमै रहनेछ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अरु ठाउँमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ । महाशाखाका अनुसार अहिले उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE