राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण सम्पन्न
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको हो ।
कार्यक्रममा चुनावको पर्यवेक्षण गर्ने ३७ वटा राष्ट्रिय संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू सहभागी थिए ।आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले पर्यवेक्षणः अवधारणा र नेपालको अभ्यास, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव राजेन्द्रकुमार केसीले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ को व्यवस्थापन विषयमा प्रस्तुति गरे ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पर्यवेक्षकले मतदानअघि, मतदानको समय र मतदानपछि मतगणनाका समयका गरी तीनवटै समयका गतिविधिका बारेमा पर्यवेक्षण गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने बताए ।पर्यवेक्षकले निर्वाचन आचारसंहिता, २०८२ भित्र रहेर काम गर्नुपर्ने, गाडी पासको दुरुपयोग गर्नु नहुने, कुनै दलको पक्ष वा विपक्षमा लाग्नु नहुने, मतदानस्थलमा अनावश्यक प्रश्न गरेर मतदान प्रक्रियामा खटिएका कर्मचारीको काममा व्यवधान गर्नु नहुने लगायत विषयमा पनि अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको आयोगले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE