आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका हुन् ।

उनले गाँजा सेवन गरी युवतीलाई जिस्काएको र प्रहरीमाथि हातपातसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । रिजनमाथि अभद्र व्यवहार कसुरमा मुद्दा चलाइने थापाले बताए ।

युवकले प्रहरीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको थियो । तर, उनको पहिचान हुन नसकेपछि मंगलबार प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पहिचानका लागि सहयोग मागेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x