शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गरेका छन् ।

शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताए । उनले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताए ।

नेता महराले भने,‘नवयुवाहरुको आकांक्षा सम्बोधन हामीले गर्नुपर्दछ । त्यस उद्देश्यका लागि क्रान्तिका नायक प्रचण्डको नेतृत्वमा समाजवादी व्यवस्था सृदृढ गर्नुपर्दछ । तसर्थ निर्वाचनमा हाम्रो पार्टीको चुनाव चिन्ह तारामा मतदान गरी प्रचण्डसहितका हाम्रो पार्टीका सबैलाई जिताउन पनि हार्दिक अपिल गर्दछु ।’

नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x