प्रधानमन्त्री बालेनलाई स्वदेश तथा विदेशबाट बधाई तथा शुभकामनाको ओइरो
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनलाई नियुक्त गरेका छन् ।संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । युवा नेतृत्वका रूपमा परिचित शाहले पदभार ग्रहणपछि उनको नियुक्तिसँगै देशमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ।उनको नियुक्तिपछि स्वदेश तथा विदेशका विभिन्न राजनीतिक नेताहरूले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ। युवा नेतृत्वका रूपमा परिचित बालेन्दं्र शाहले शुक्रबार पदभार ग्रहण गरेसगै देशमा नया राजनीतिक अध्यायको सुरुवात भएको छ।
उनको नियुक्तिले विशेषगरी युवा पुस्तामाझ उत्साह थपेको छ , भने समग्र राजनीतिक वृत्तमा पनि नयाँ अपेक्षा सिर्जना गरेको छ।उनको नियुक्तिपछि स्वदेश तथा विदेशका विभिन्न राजनीतिक नेताहरूले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम निरन्तर जारी छ। प्रधानमन्त्रीको सफल कार्यकालका लागि बिभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व तथा छिमेकी राष्ट्रका नेतादेखि अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले समेत कामना गरेका छन्।नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई लक्षित गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। थापाले समाजीक सन्जालमा जारी गरेको सन्देशमा प्रधानमन्त्री शाह तथा नवनियुक्त मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन प्रवद्र्धनमा केन्द्रित हुन आग्रह गरेका छन्।
साथै, उनले नेपाली कांग्रेसले सरकारका सकारात्मक प्रयासहरूमा आफूहरूको रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत जनाएका छन्।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु भन्ने लेखेर पोस्ट गरेका छन्। यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युवाहरूको बाहुल्य, महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भएको र , पहिलोचोटि अति उत्पीडित वादी समुदायको उपस्थिति लगायतका विशेषता रहेको भन्दै बालेन्द्र शाह लगायत मन्त्री परिषद्का सबै सदस्यहरूलाई वधाइ तथा सफलताको शुभकामना दिएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहलाई नेपालको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकोमा हार्दिक बधाई दिँदै यो नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्।उनले नेपाल भारतबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको हितमा अझ उच्च स्तरमा पु¥याउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्न आफू तत्पर रहेको पनि बताएका छन्।
त्यस्तै, नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई दिएको छ । शुक्रबार दिउँसो फेसबुकमार्फत दूतावासले नयाँ सरकारलाई बधाई दिएको हो ।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरिएको छ।नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साह लगाएत १५ जना सदस्य रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE