बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

१५ वर्षदेखि अलपत्र कमला पुलको मन्त्री लम्सालले गरे निरीक्षण, स्थानीयको विरोध

काठमाडौं । १५ वर्षदेखि अलपत्र रहेको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन् ।

पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो । १५ वर्षको अवधिमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीहरूले यसको निरीक्षण गरिसकेका छन् । मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य भने अझै अधुरो छ, जसका कारण स्थानीय जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । बालेन सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोध गरेका छन् । पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाएका हुन् ।

मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने प्रष्ट पारेका थिए । भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुल मात्र नभई अन्य ठूला पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गरेका छन् । टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिव ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको जानकारी लिएको छ । मन्त्री लम्सालले एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेका थिए । मन्त्री लम्सालले आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x