बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पत्रकार महासंघले मंसिर २८ गते तीनवटै तहको निर्वाचन गर्ने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले मंसिर २८ गते तीनवटै तहको निर्वाचन गर्ने भएको छ । महासंघ अन्तर्गत शनिवार राति अबेर सकिएको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ भने यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको छ ।

सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x