शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा

  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका छन् । बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताएका हुन् ।

उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गरे । उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरे । उनले देशमा आएका संकटहरुको समाधानका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताए । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताए ।

उनले भने, हाम्रो दुई वटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरु अलिकति सक्ड नै भएका थिए । सबैभन्दा धेरै प्रतिष्पर्धामा हुने पार्टीहरुले किन सरकार बनायो होला त ? ठिक यस्तै कुराहरुलाई एड्रेस गर्न । धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ । अहिले पनि जुन फण्डहरुको कुराहरु गरिरहेका छौँ । जुन क्लाइमेट फाइनान्सको कुरा गरिरहेका छौँ । लस एण्ड ड्यामेज फण्डका कुराहरु गरिरहेका छौँ, त्यसमा हामी कसरी पुग्ने त ? त्यसको लागि हामी पोल्टिकल मान्छेहरुको छोटो लाइफ हुन्छ, तर इन्टेन्सन जहिले पनि सही हुनुपर्छ । पर्मानेन्ट सरकारले मात्रै कार्यान्वयन गर्नसक्छ ।’

परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताए । उनले देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x