बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यो सरकार अब अघि बढ्न सक्दैनः अध्यक्ष दाहाल

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाए । उनले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताए ।

उनले भने, ‘समाजवादी मोर्चालाई फेरि सक्रिय पार्न पयो भन्ने विषयमा नै मुख्य रुपमा कुरा भइरहेको छ । हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दैछौँ । त्यो मोर्चालाई सक्रिय पार्ने कुरामा नै छलफल भएको छ । यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रुपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

अध्यक्ष दाहालले बैठकमा समाजवालदी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x