आज विश्व रेडियो दिवस

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकुलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रशारण गरेर आज यो दिवस मनाइँदैछ ।
सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रश्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE