बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ ।

साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ । आज बिहान ललितपुर महानगरपालिकाको पहलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बिहानै पाटन दरबार स्क्वायर क्षेत्रमा ¥यालीसहितका कार्यक्रमहरु गरिएको छ ।

२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x