बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराशः वर्षमान पुन

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराश भएको टिप्पणी गरेका छन् । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यविहीन आउँछ कि भन्ने आशङ्का देखिएको बताए । उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्नेकुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रश्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्न समेत गरे । उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको समेत जिकिर गरे ।

उनले भने, “राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशङ्का देखाएको छ । खास गरी संविधान संशोधनको कुरा थियो, एक वर्षदेखि केही काम हुन सकेको छैन, गठबन्धनबाट । अरू क्षेत्रमा पनि स्पष्ट केही आएन, के गर्न खोजेको हो आर्थिक सुधारमा रु विकास, निर्माण र पूर्वाधारमा स्पष्ट दिनुपर्नेमा त्यो पनि आएन । विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको थियो, त्यसलाई अहिले रोकिएको छ । तिनीहरूलाई के गर्ने, त्यसमा स्पष्ट केही आएको छैन ।”

उनले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यसले जनतामा निराशा थप्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x