आज ४७ औं पुष्पलमल स्मृती दिवस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी स्मृती दिवस मनाउन लागेका छन् । दाजु गंगालाल श्रेष्ठ (शहीद) लाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो ।
२००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका पुष्पलालले प्रवासमा बसेर कम्युनिष्ट पार्टीका गतिविधि गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE