शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

जेन–जी आन्दोलनमा जलेको पार्टी कार्यालय पुनर्निर्माण गर्ने एमालेको निर्णय

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेकपा एमालेले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजननीमा परेको पार्टी केन्द्रीय कार्यालयको भवन यथाशक्य पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने भएको छ । बुधवार काठमाडौंमा बसेको केन्द्रिय कार्यालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिप प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले प्राविधिकहरुको प्रतिवेदनअनुसार केन्द्रिय कार्यालयका ६ वटा हलहरु पुनःनिर्माण गर्न नसकिने गरी ध्वस्त भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले शहीद तुल्सीलाल प्रतिष्ठानसँग छलफल गरेर भवन निर्माणको कार्यलाई शुरु गरिने समेत बताए ।

उनले भने, ‘मुख्यतः भदौ २४ गते जलेर ध्वस्त भएको केन्द्रिय कार्यालयलाई कसरी सञ्चालन र पुनर्निर्माण गर्ने भन्ने विषयमा अलि लामो समय लिएर छलफल ग¥यौँ । भर्खरै प्राविधिकहरुले भवनको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ ।

भवनमा निकै ठूलो क्षति पुगेको छ । ६ वटा कोठाहरुमा एकदमै नयाँ ढंगले रेफ्रोफिट गर्नुपर्ने अवस्था छ । यसलाई कसरी गर्ने भन्नेबारे शहीद तुल्सिलाल प्रतिष्ठानको संरचना हो यो । उहाँहरुसँग बसेर छलफल गर्ने र केन्द्रिय कार्यालय छिटोभन्दा छिटो निर्माण गर्ने कुरामा नै हाम्रो छलफल केन्द्रित थियो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x