उत्साहको नयाँ लहर ल्याउँदै Winter Deals को औपचारिक घोषणा
काठमाडौं । HONOR ले जाडो मौसमको सुरुवातसँगै उत्साहको नयाँ लहर ल्याउँदै Winter Deals को औपचारिक घोषणा गरेको छ । यो विशेष अफर डिसेम्बर १० देखि जनवरी १० सम्म सञ्चालन हुनेछ । एक महिनासम्म चल्ने यस उत्सवमा HONOR का बेस्टसेलिङ स्मार्टफोनहरूमा उत्कृष्ट मूल्य, आकर्षक अफरहरू र विशेष निःशुल्क उपहारहरू उपलब्ध गराइएको छ । जसले तपाईंको टेक्नोलोजी अपग्रेड गर्न यस समयलाई अझै उपयुक्त बनाउने विश्वास गरिएको छ ।
जाडोको किनमेललाई अझ न्यानो र लाभदायक बनाउन डिजाइन गरिएका HONOR Winter Deals अन्तर्गत उच्च प्रदर्शन भएका स्मार्टफोनहरूलाई प्रिमियम एक्सेसरिजसँग कुनै अतिरिक्त लागत बिना बन्डल गरिएको छ। पावर, स्टाइल, टिकाउपन वा मनोरञ्जन–जुनसुकै आवश्यकताका लागि भए पनि, यी अफरहरूले तिर्ने मूल्यभन्दा बढी फाइदा सुनिश्चित गर्ने दाबी गरिएको छ ।
HONOR का ग्राहकहरूले विभिन्न मोडेलहरूमा आकर्षक उपहारहरूको लाभ लिन सक्ने दाबी गरिएको छ ।
• HONOR X8c सँग अब Scykei GT निःशुल्क प्राप्त गर्नुहोस्–सधैं सक्रिय प्रयोगकर्ताहरूका लागि उपयुक्त ।
• स्टाइलिस HONOR 400 lite सँग HONOR X7 lite निःशुल्क उपलब्ध, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउँछ ।
• प्रत्येक HONOR X9c खरिदमा X7e Active निःशुल्क, जसले उत्पादकत्व र मनोरञ्जनलाई अझ मजबुत बनाउँछ ।
• HONOR 400 सँग प्रिमियम Choice Headphone, उत्कृष्ट र इमर्सिभ साउन्ड अनुभवका लागि ।
• र शक्तिशाली HONOR 400 Pro सँग Choice Clip, आधुनिक प्रयोगकर्ताहरूका लागि पूर्ण प्याकेज ।
अफरहरू सीमित अवधिका जाडोको किनमेललाई अझ स्मार्ट, स्टाइलिस र लाभदायक बनाउन तयार पारिएको बताइएको छ । HONOR Winter Deals नेपालभरिका सबै आधिकारिक HONOR रिटेलरहरू तथा अनलाइन प्लेटफर्महरूमा डिसेम्बर १०, २०२५ देखि जनवरी १०, २०२६ सम्म उपलब्ध रहने दाबी गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE