मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । आयोजक धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा हिजोदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा टाइ–ब्रेकरमा धरानले ४–२ गोल अन्तरले भारतको कालेबुङको जर्जियन क्लबलाई पराजित गरेको हो । जितसँगै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । टाइ–ब्रेकरमा धरानका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले गोल गरे ।

पाहुना टोली जर्जियनका सरद मुन्डा र सेइजाले गोल गरेका थिए । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइ–ब्रेकरमार्फत गरिएको थियो । प्रतियोगितामा आज झापा–११ र रोयल थिम्पु (भुटान) बीच प्रतिस्पर्धा हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x