भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा
काठमाडौं । भारत र अमेरिकाबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । हिन्दीका समाचार सस्थांका अनुसार दुवै देशले सम्झौताबारे संयुक्त वक्तव्य निकालेर सम्झौताबारेमा जानकारी गराएका हुन् ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत सम्झौता सार्वजनिक गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ता, किसान तथा माछा मार्नेहरूका लागि ३० ट्रिलियन डलरको बजार खुला गरिदिएको उल्लेख गरे।यस्तै भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आउँदो १० वर्षमा रक्षा सहयोग बढाउन अमेरिकासँग एक सम्झौतामा सहमति जनाएको पनि भारतले जनाएको छ ।
व्हाइट हाउसको तर्फबाट जारी कार्यकारी आदेशमा भारतले रूसबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।यही फेब्रुअरी २ तारिखमा भएको यो सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको ५० प्रतिशत भन्सार शुल्कलाई घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गर्नुभएको थियो । तर सम्झौताबारे थप विवरण सार्वजनिक भएका थिएनन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE