बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छुः ओली

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधवार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे ।

आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताए । उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने,‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । देश अलपत्र पार्छ भन्ने ब्याख्या गरेको सुन्छु ।

मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुशीसाथ अध्यारो मुख लगाउन घर जलेपनि जान्या छैन, केही भएपनि जानेको छैन । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकप्रियतावादको पछि कुदेर, के लोकप्रियतावाद हुन्छ यो ?

कतिपय साथीहरुले मलाई भन्नुहुन्छ–तपाईलाई त बोकेर जानै सकिदैन । किन बोक्नु प¥यो रु म आफै हिँडछु । हिँडन नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । प्रश्न के हो रु कसैलाई मन परेन होला । नबोक्नुस । अव प्रश्न के हो रु केन्द्रिय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ रु व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन ।

यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाई यो पार्टीले गर्छ । पार्टीले जे भन्छ, त्यो गर्छु । त्यसकारण यी कुराहरुमा स्पष्ट रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु । हटने पनि प्रक्रिया हुन्छ । विरोधहरुलाई त घरमा आगो लगाउन मन लागेको थियो । पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । मन नपराएर होइन हाम्रो केन्द्रिय कार्यालय जलाएको रु हाम्रा नेताहरुको घरमा आगो लगाएको मन पराएर हो रु त्यो विरोधीले गरेको हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x