गोरखा-२ बाट एमालेले गर्यो चक्रे मिलनलाई उम्मेदवार सिफारिस
काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) प्रतक्ष्यतर्फको उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।
यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन–जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।
गुरुङले आफू वि.सं.२०५० सालतिरदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताएका छन् ।
एमाले नेता–कार्यकर्तालाई लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आए पनि उनी यसअघि पटक पटक गुण्डार्दी आरोपमा समातिएका थिए।
चक्रेमिलन सिफारिस गोरखा २ बाट २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड विजयी भएका थिए । तर फागुन २१ को निर्वाचनमा उनी त्यहाँबाट नलड्ने सम्भावना बलियो छ । प्रचण्डले २०७९ मा जितेको यही क्षेत्रमा एमालेले चक्रे मिलनको नाम अघि सारेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE