मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

दुई दिन लगातार घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डौ ।दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो । त्यस्तै अस्ति आइतवार सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एक सय ३५ रुपैयाँ बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ रहेको थियो

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x