बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आइपिएलमा आज कोलकाता र पञ्जाब भिड्दै

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबिच खेल हुँदैछ।

कोलकाताको इडेन गार्डेन्समा हुने यो प्रतियोगिताको १२औँ खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ बजे सुरु हुनेछ।

आइतबार भएका दुई खेलहरूमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको थियो। एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गर्दै बैंगलोरले २० ओभरमा २५० रन बनाएको थियो। जवाफमा चेन्नई १९.४ ओभरमा २०७ रनमा अलआउट भयो। बैंगलोरले एकै इनिङ्समा १९ छक्का प्रहार गरी कीर्तिमान बनायो।

हिजै भएको अर्को खेलमा लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराउँदै सिजनको पहिलो जित दर्ता गर्‍यो। सनराइजर्सले दिएको १५६ रनको लक्ष्य लखनऊले एक बल बाँकी छँदै पूरा गर्‍यो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x