सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनः मतगणना कार्य जारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।

नयाँ नेतृत्वका लागि काठमाडौंमा सम्पन्न मतदान प्रक्रियापश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना शुरु गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।

निर्वाचनमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदहरूको अन्तिम मतपरिणाम प्राप्त भएलगत्तै नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x